काठमाडौं- मंसिर,२८ गते।
नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसंग भेटवार्ता गरेका छन् ।गुरुङले मंगलबार बालकोटमै पुगेर ओलीलाई भेटेका हुन् ।
आफू एमाले अध्यक्ष ओलीलाई चुनानको नतिजाका लागि बधाइ दिन भेटेको उल्लेख गरे। उनले भने, ‘अरु पाँच दलका नेताहरु गठबन्धनको बैठकमा भेट हुनुभयो। त्यहीँ बधाइ दिएँ। ओलीजीलाई बधाइ दिन घरमै पुगेको हुँ।’अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी महासचिवकै रुपमा बधाइका लागि गुरुङलाई पठाएका हुन्।
सरकार निर्माण प्रक्रिया सुरु नभएकाले त्यसबारे छलफल नभएको उनले बताए। निश्चित राजनीतिक भन्दा समसामयिक विषयमा कुराकानी मात्र भएको उनको दावी छ।