धनुषा-मंसिर २८ गते।
स्रोत नखुलेको २४ लाख १७ हजार रुपैयाँसहित सशस्त्र प्रहरीले आज धनुषाबाट एक जना भारतीय नागरिक लाई पक्राउ गरेको छ ।
मंगलबार भारत घर बताउने २३ वर्षीय उमेश कुमारलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ। धनुषा जिल्लाको बिदेह नगरपालिका ९ ईटहर्वास्थित सीमा इलाकाबाट सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीले उनलाई नियन्त्रणमा लिएको हो ।
सुराकीको आधारमा खटिएको सशस्त्र प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश २–०२–००५ प ५७९८ नम्बरको मोटरसाईकलमा उल्लेखित रुपैयाँ फेला पारेपछि उनलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका कुमारलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय धनुषा र बरामद रूपैयाँ तथा मोटरसाइकल भन्सार कार्यालय जनकपुरमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।