काठमाण्डौ-मंसिर २७ गते।
भारतको राजनीतिमा नरेन्द्र मोदीको एकतर्फी पकड बढेपछि र बिपक्षी दलहरु निकै कम्जोर बनेपछि मोदीको हत्या योजना बनिरहेको खुलेको छ ।
महत्मा गान्धीपछि मोदी अर्को दोस्रो महापुरुस बन्ने संकेत देखिएपछि उनको हत्या योजना बनेको त्यहाँका खुफिया एजेन्सीहरुले प्रतिवेदन तयार पारेको हो । २ वर्षपछि फेरि हुने लोकसभा राजनीतिमा फेरि मोदीकै लहर देखिने संकेत देखिएको छ । यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘मार्न तयार हुनुहोस्’ भनेर विवादास्पद टिप्पणी गरेको आरोपमा मध्य प्रदेश कांग्रेसका नेता राजा पटेरिया मंगलबार पक्राउ परेका छन् ।
सोमबार सार्वजनिक एक भिडियोमा उनले संविधानको रक्षाका लागि प्रधानमन्त्री मोदीलाई ‘मार्न’ एउटा मानिसहरूको समूहलाई दुरुत्साहन गरेका थिए । एउटा भाइरल भिडियोमा पटेरियाले पार्टी कार्यकर्ताहरूको भेलामा भनेका छन्, ‘मोदीले चुनाव अन्त्य गर्नेछन्, मोदीले धर्म, जात, भाषाको आधारमा विभाजन गर्नेछन्, दलित, आदिवासी र अल्पसंख्यकको जीवन खतरामा छ ।
संविधान बचाउनु छ मोदीलाई मार्न तयार हुनुहोस् । ’ उनको टिप्पणीपछि, मध्य प्रदेश सरकारले पूर्वराज्यमन्त्री पटेरियाविरुद्ध मुद्दा चलाउन प्रहरीलाई आदेश दिएको थियो । पटेरियाविरुद्ध सोमबार दिउँसो पन्नाको पवई थानामा मुद्दा दर्ता गरिएको थियो।मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले टिप्पणीको निन्दा गरे । उनले कांग्रेस नेता राहुल गान्धीको पनि विरोध गरे। ‘भारत जोडो यात्राको नाटक गर्नेहरूको वास्तविक अनुहार बाहिर आउँदैछ’।श्रोत-नागरिक टाइम्स बाट