नेपालगञ्ज- मंसिर २५ गते।
नेपालगञ्ज औद्योगिक क्षेत्र उद्योग विकास संघले विद्यमान ऐन र नियमविपरीत भाडादर वृद्धि गरेको विरोध गर्दै उद्योग बिकाससंघले भाडादर तत्काल फिर्ताको माग गर्दै तालाबन्दी गरेको छ ।
संघले औधोगिक क्षेत्र व्यवस्थापन कार्यालयमा आज तालाबन्दी गरेको हो । अन्यायपुर्ण तथा विभेदकारी भाडाबृद्धि खारेज गर, संघका अध्यक्ष किरण कुमार कार्कीले एकतर्फीरुपमा गरिएको भाडावृद्धि तत्काल फिर्ता लिन माग गरे । भाडावृद्धिको बिषयमा आफुहरुले पटकपटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाई नभएपछि बाध्य भएर आन्दोलनमा उत्रनु परेको उनको भनाइ छ ।
निर्यात प्रवर्द्धन गर्ने र राज्यले पनि उद्योग सञ्चालनमा सहजीकरण गर्नुपर्ने जिम्मेवारी लिएको निकायले नै जिम्मेवारीबाट पन्छिँदै उद्योगीमाथि भार थोपार्ने कार्य गरेको भन्दै संघले विरोध जनाएको हो।२०७५ सालमा वृद्धि भएको भाडादर अनुसार असुलीका लागि २०७९ साउन १ गते लागु हुने गरी अर्को परिपत्र जारी गरिएपछि संघ रुष्ट भएको हो ।
यसप्रति संघ औद्योगिक क्षेत्रस्थित उद्योग संघ र समितिहरू तथा समग्र उद्योगीको घोर आपत्ति रहेको बताउँदै उद्योग विकास संघका अध्यक्ष किरण कुमार कार्कीले भने,अनुशासन र सौहार्द्धपूर्ण ढंगले तालाबन्दी गरेका छौँ, यसको सुनुवाइ हुन्छ भन्नेमा हामीहरु आशावादी छौँ