सुर्खेत-मंसिर २१ गते
सुर्खेतमा आफ्नै श्रीमतीको टाउको काटेर भागिरहेको अवस्थामा प्रहरीले एकजनालाई प्रक्राउ गरेको छ।
सुर्खेतको पन्चपुरीमा एक युवाले आफ्नै श्रीमतीको घाँटी रेटेर हत्या गरेका छन् । पञ्चपुरी नगरपालिका ३ तोक्माका ३८ वर्षीय अम्मर आले मगरले मंगलबार दिउँसो धारिलो हतियार प्रयोग गरी ३० वर्षीया श्रीमती मिना आलेको घाँटी रेटेर टाउको हत्या गरेका हुन्।
उनलाई इलाका प्रहरी कार्यालय बाबियाचौरबाट खटिएको ३ जनाको प्रहरी टोलीले सोही ठाउँको पलैटे स्वास्थ्यचौकी पछाडिबाट प्रक्राउ गरेको हो। उक्त घटना स्थलमा इलाका प्रहरी कार्यालय बाबियाचौरबाट १३ जनाको प्रहरी टोली खटिएको छ।उनको घरमा छोरा छोरी र आमा रहेको बताइएको छ।
घटनाको कारण भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । आले मगरलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ ।