बांकेको राप्ती नदीमा डुबेर एक बालिका र एक युवतीको मृत्यु भएको छ ।
बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ फत्तेपुरका १३ वर्षीया अर्चना थारू र २२ वर्षीया कञ्चन थारूको नदीमा डुबेर मृत्यु भएको हो ।
बांके जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रामप्रशाद घर्तीले शनिबार दिउँसो १२ बजे डुबेर बेपत्ता भएका उनीहरूको शव आइतबार बिहान ९ बजेपछि फेला परेको जानकारी दिए । उनीहरू नुहाउन गएको र त्यही क्रममा डुबेको प्रहरीले जानकारी दिएको छ ।
दुवै शवको पोस्टमार्टमका लागि नेपालगंज-भेरी अस्पताल मा ल्याउन थालिएको प्रहरीले जानकारी दिएको छ ।