बांके-मंसिर १७ गते
जनता समाजबादी पार्टीका नेता पुर्ब मंत्री मोहम्मद ईस्तियाक राईले भने कुनै पनी षड्यन्त्र ले अंदोलन बाट प्राप्त उपलब्धिहरुलाई समाप्त गर्ना ना सकने बताउनू भयेंको छ।
उनले भने नागरिकता लगायत का बिसैमा अन्य उपलब्धि लाई समाप्त पार्ने षड्यन्त्र भई रहेको छ। त्यस्तो कुनै हालतमा हुन नदिने बताउनुभयो। जसपा बांकेले शुक्रवार डुडुवाको कमदी मिलनचौक मा आयोजना गरिएको धन्यवाद सभालाई सम्बोधन गर्दै उहाँले मधेस आन्दोलन तथा अन्य आन्दोलन बाट प्राप्त उपलब्धि को रक्षा नागरिकता समस्या समाधानका लागि आफु सधै जनताको साथमा रहने बताउनुभयो।
उनले भने संविधान र संविधानमा प्राप्त अधिकार समाप्त गर्ने षडयन्त्र भईरहेको छ। पुर्ब मंत्री राईले भने अहिले कुनै पनि हालतमा त्यस्तो हुन दिनेछैन त्यसका लागि जुनसुकै कदम चाल्न नपरोस। पूर्वमन्त्री इस्तियाक राई ले हालै सम्पन्न निर्वाचनमा बाँके क्षेत्र नम्बर-२ का जनताले जिताउने गरी मतदान गरे पनि केही प्राविधिक कारणबाट चौतर्फी घेराबन्दीका कारण ले आफू पराजित भएको बताउनुभयो। उनले भने निर्वाचनमा आफूलाई विश्वास गरेर मतदान गर्ने सबैलाई धन्यवाद दिँदै विश्वास गरेर मतदान नगर्नेलाई बिशेष धन्यवाद दिनुभयो।
मन्त्रीराईले निर्वाचन हारे पछि के गर्छन भनेर निकै चर्चा गरियेको छ तर उनीहरुलाई थाहा छैन मा २०६४ साल मा निर्वाचन जितेरा गये । २०७० साल को निर्वाचन पराजित भएपनि जनताको बीचमा रहेर जनताको काम गरे २०७४ साल मा फेरि जितेर गये अहिले पराजित गराइएको छ अब पनि जनताको बीचमा रहेर अर्को निर्वाचनसम्म जनताको सेवा गर्ने छु जनताको मुद्दाहरु बाट पहिले पनि पछि ना हटको र अहिले पनि पछि नाहटने उहाँले बताउनुभयो धर्म-र सम्प्रदायका नाममा मतदान गर्नेहरु घरमा सुती रहेका छन जनाउँदै जसपा नेता राईले उनीहरुले त खुलेर खुशी नै मनाउन सकेका छैनन् खुलेर विजय जुलुसमा जान सकेका छैनन् उहाँले भन्नुभयो।
सो कार्यक्रममा बाँके क्षेत्र नम्बर २ को प्रदेशसभा १ का सभासद भण्डारी लाल यादव प्रदेश सभा २ का सभासद आदेश अग्रवालले पनि अत्याधिक मत दिएर जिताउने जनतालाई धन्यवाद दिनुभएको थियो। लुम्बनी पर्देससभा सद्स्य समानुपातिकको उम्मेदवार अम्बिका काफ्ले नेपाल गंज उपमहा नगरपालिका का उप मेयर कमरुद्दिन राई जसपा बाँकेका सचिव राजेन्द्र विश्वकर्मा लगायत को उपस्थिती रहेको थियो।