कैलाली-मंसिर १६ गते
ग्रेडरले विद्यार्थीको मृत्यु भएपछि तनाबग्रस्त बनेको धनगढीमा निषेधाज्ञा जारी गरिएको छ।
जिल्ला प्रशासन कार्यालय कैलालीले ९बिहीबार० साँझ ७ बजेदेखि भोलि बिहान ७ बजेसम्म भेला, प्रदर्शन, घुमफिर, सवारी साधन सञ्चालन लगायतका गतिविधि गर्न निषेध गरेको हो। धनगढीको हसनपुर पिपलचौतारा सडकखण्डमा आज बिहान ग्रेडरले साइकलमा स्कुल गइरहेका बेला ठक्कर दिँदा धनगढी उपहानगरपालिका–४ बस्ने चेतना साउदको घटनास्थलमै मृत्यु भएको थियो।
मृतक साउद धनगढीकै पञ्चोदय माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्यनरत थिइन्। विद्यार्थीको मृत्युपछि धनगढीमा विद्यार्थीहरू आन्दोलनमा उत्रिएका हुन्। अवस्था तनावपूर्ण बन्दै गएपछि त्यसलाई नियन्त्रणमा लिन निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ।
विद्यार्थीहरूले आन्दोलन गर्दै धनगढी–स्याउले सडक अवरुद्ध गर्नुका साथै सडकमा टायर बाल्दै जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका छन्।जिल्ला सुरक्षा समिति कैलालीको मिति २०७९।०८।१५ गतेको निर्णयअनुसार निषेध गरिएको छ। यस आदेशको उल्लङ्घन गरेमा कानुन बमोजिम कारबाही हुने ब्यहोरा सम्बन्धित सबै सर्वसाधारणको जानकारीका लागि सूचित गरिएको छ।