काठमाडौँ, १५ मंसिर गते
नेकपा एमालेले- नेकपा एकीकृत समाजवादी का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई जथाभावी अभिव्यक्ति नदिन चेतावनी दिएको छ ।
इलाम क्षेत्र नम्बर १ को निर्वाचन प्रक्रियामा खनालले प्रश्न उठाएपछि एमाले बाट पराजित भएपछि जथाभावी अभिव्यक्ति नदिन चेतावनी दिएको हो । इलाम क्षेत्र नम्बर–१ बाट खनाल एमालेका महेश बस्नेतसँग पराजित भएका थिए । बस्नेतसँग खनाल २ हजार ६६२ मतले पराजित भएका हुन् ।
मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तर्गत इलाम क्षेत्र नम्बर १ को मतदानको सुरू प्रक्रियादेखि नै खनालले लगाएको आरोपप्रति पार्टीले ध्यानाकर्षण भएको जनाएको हो । हार पछि जथाभावी अभिव्यक्ति दिनु उचित नभएको नेकपा (एमाले)को दाबी छ । साथै लोकतान्त्रिक अभ्यास तथा जनताको अभिमतलाई सम्मान गर्न पार्टीले खनाललाई स्मरण गराएको छ ।
अझ देशको प्रधानमन्त्री भइसकेको व्यक्तिले यसप्रकारको हर्कत देखाउनु लोकतन्त्रको मेरूदण्डमाथिकै हमला हो, निर्वाचन परिचालन समितिका संयोजक उदयबहादुर राईद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।