लैंगिक हिंसा अन्त्यको लागी ब्यक्ति, समाज र सबैको ऐक्यवद्धता भन्ने नाराका साथ नेपालगंज उपमहा-नगरपालिका वडा न. १३,१४, १६ को सहकार्यमा सिद्धी टप मल्टिप्रपोज केन्द्रिय कार्यालय द्धारा लैंगिक हिंसा विरुद्धको १६ दिने लैङ्गिक हिंसाविरुद्धको अभियान सुरु भएको छ ।
लैङ्गिक हिंसा र दुर्व्यवहारः छैन हामीलाई स्वीकार, महिला विरूद्घ हुने सम्पूर्ण हिंसा अन्त्य गर, नारी अस्मिताको रक्षा गर, समान सहभागिताको सुनिश्चिता आजको आवश्यकता भन्ने नारा का साथ चित्र बाट अभियान थालिएको सिद्धी टप मल्टिप्रपोज बांकेले जनाएको छ ।
सभ्य समाजको पहिचना लैङ्गिक हिंसा विरुद्धको अभियान २०७९ साल मंसिर ९ गते देखि मंसिर २४ गते सम्मा नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङ्गिक हिंसाविरूद्ध लाई सिद्धी टप मल्टिप्रपोज केन्द्रिय कार्यालय द्धारा चित्र बाट समाजमा लैङ्खिक हिंसा विरुद्धको अभियान जारी रहने सिद्धी टप मल्टिप्रपोज केन्द्रिय कार्यालयका अध्यक्ष सतिश पाठकले बताउनुभयो । ।