बांके-३ [२] प्रदेशसभा जनमत पार्टी उम्मेदवार सह्बुद्दिन अनसारीले चुनाव हारेपनि छोटो समयमा जानकीवासीको मन जित्न भने सफल भएको बताएका छन् ।
मंगलबार लिमरा खबर सँग कुरा गर्दै अनसारीले आगामी दिनमा पनि रणनीतिका साथ अघि बढ्ने र जानकी र खजुरावासीको यस्तै माया,प्रेम,सद्भाव र स्नेह प्राप्त भैरहने अपेक्षा राखेको समेत बताए। प्राबिधिक रुपमा चुनावमा पराजित भएपनि छोटो समयमा म तपाईहरुको मनमा बस्न सफल भएको छु” सामाजीक सञ्जालमा लामो लेख प्रकाशित गर्दै अनसारीले भनेका छन्।
आफनो निर्वाचन क्षेत्रमा बुथगत वा वडागत वाकसबाट मत गणनाको नयाँ परिपाटी बसालेर यस क्षेत्रमा पहिले देखी चल्दै आएको मतदातालाई प्रलोभनमा पार्ने ठेकेदारी प्रथालाई उजागर गरिदिएको उनको भनाई छ। यसवाट पार्टी भित्रका ठेकेदारहरुको मुखडा उजागर भएको छ । जनमत पार्टी का कर्मशील कार्यकर्ताहरुले गद्धारहरुलाई पहिचान गर्ने मौका पाएको उनको भनाई छ । मत गणनाको यो विधिले आगामी दिनमा सकारत्मक नतिजा दिने उनले बताए ।
जनमत पार्टी जस्तो गौरवशाली ईतिहास बोकेको पार्टीको तर्फबाट उम्मेदवार बन्न पाएकोमा गौरव गर्दै अनसारीले पार्टी प्रति कृतज्ञता व्यक्त गरेका छन् साथै चुनाबमा अहोरात्र खट्ने जनमत पार्टीका कार्यकर्ता,मतदाता,सुरक्षाकर्मी सञ्चारकर्मी सबैप्रंति अनसारीले आभार प्रकट गरे