निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिकतर्फ ८३ लाख ६ हजार ४४५ मत गणना सकिएको जनाएको छ । आइतबार बिहान पौने ८ को मतगणना तथ्यांकअनुसार नेकपा एमाले २२ लाख ९० हजार मतसहित शीर्ष स्थानमा रहेको छ ।
यस्तै नेपाली कांग्रेसले २१ लाख ९१ हजार, नेकपा माओवादी केन्द्रले ९ लाख ५८ हजार, राष्ट्रिय स्वतन्त्र पार्टीले ९ लाख १८ हजार, राप्रपाले ४ लाख ८४ हजार मत पाएको आयोगले जनाएको छ । यस्तै जसपाले ९ लाख ७९ हजार मत पाएर थ्रेसहोल्डको करिब नजिक पुगेको छ ।
एकीकृत समाजवादी पार्टीले २ लाख १८ हजार मत पाउँदा यो पार्टीको थ्रेस होल्ड कट्ला कि नकट्ला भन्ने चसाो छ । एमाले अध्यक्ष केपी ओलीले सत्ता गठबन्धनभित्र मत यताउति गरेर एकीकृत समाजवादीको थ्रेस होल्ड कटाउन चलखेल भएको आरोप लगाएपछि थप चासो बढेको हो । यस्तै जनमत पार्टीले २ लाख १३ हजार मत पाउँदा लोसपाले १ लाख १६ हजार मत पाएको छ ।