हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म चल्ने महिला हिंसा अन्त्यका लागि आजदेखि अभियान सुरु भएको छ । विश्वभर अन्तर्राष्ट्रिय महिला दिबस ८ मार्चमा मनाउने गरिएको छ। हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म चल्ने अभियानमा विभिन्न गैरसरकारी संस्थाको सहभागितामा चेतनामूलक विभिन्न कार्यक्रमहरु सञ्चालन हुनेछन ।
यस अवसरमा गाईघाट बजारमा पनि विभिन्न कार्यक्रमहरु गरिएका छन् । त्रियुगा नगरपालिकाको आयोजनामा नगरको १६ वटै वडा, नगरपालिकाको कार्यालयमा जनचेतनामूलक व्यानर राखिएको छ। त्यसैगरी महिला हिंसा गर्दिन भन्ने प्रतिबद्धतासहित सेतो रिवन वितरण गरिएको नगरपालिकाका उपप्रमुख महेश्वरी राईले बताईन ।
नगरमा अभियान प्रभावकारी बनाउन जनप्रतिनिधि तथा सरोकारवालाहरुसँग छलफल गर्ने, अभिमूखीकरण कार्यक्रमहरु तथा वक्तित्वकला प्रतियोगिताको आयोजना गरिने उनले बताइन ।