चितवन क्षेत्र नं २ मा भारी मतका साथ राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने निर्वाचित भएका छन्। लामिछाने ३४ हजार २६४ मतान्तरले निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ।
लामिछानेले ४९ हजार दुई सय ६१ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट उमेश श्रेष्ठले १४ हजार ९८३ मत प्राप्त गरे। सोही क्षेत्रमा नेकपा (एमाले)का कृष्णभक्त पोखरेलले १४ हजार छ सय ४७ मत प्राप्त गरे।
यस क्षेत्रमा ८३ हजार ९५६ मत खसेको थियो जसमा ३ हजार २५० बदर भएको थियो। लामिछानेलाई निकटतम् प्रतिस्पर्धी प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले बधाई दिएका छन्।