बाँके छेत-३ मा नेपाली कांग्रेसका किशोरसिंह राठौरले मतान्तर बढाउँदै लगेका छन् । हालसम्मको मतगणना अनुसार राठौर १८०६८ मतका साथ अगाडि छन् ।
उनलाई पछ्याइरहेका एमालेका किष्मतकुमार कक्षपतिले १३८२८ मत ल्याएका छन् । राठौर र कक्षपतिबीचको मतान्तर बढेर अहिले ४२४० को छ । तेस्रो स्थानमा रहेका स्वतन्त्र पार्टीका देवेन्द्रनाथ शुक्लाले ४५०१ मत पाएका छन् । चौथो स्थान मा जसपा का नोयेंद्र धिताल ३४१० मत पाएका छन् ।