बाँके-२ को प्रदेशसभा [क] मा जनता समाजवादी पार्टी जसपाका भण्डारीलाल यादव विजयी हुनुभएको छ ।
यादवले ११ हजार पाँच सय चार मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका विजयबहादुर यादवले नौ हजार तीन सय ५८ मत प्राप्त गर्नुभएको थियो । यहाँ नेपाली कांग्रेसका उम्मेदवार राजकुमार कुर्मीले आठ हजार सात सय ३१ मत पाउनुभएको छ ।
बाँके क्षेत्र नं २ क मा ३५ हजार आठ सय ६८ मत खसेको थियो । त्यसमा ३३ हजार चार सय ८५ मत सदर भएको र दुई हजार तीन सय ८३ मत बदर भएको बाँकेका मुख्य निर्वाचन अधिकृत धनसिंह महराले जानकारी दिनुभयो ।