बाँके- मंसिर 5 गते
बाँकेको प्रतिनिधिसभा क्षेत्र नं ३ मा कांग्रेस सहमहामन्त्री किशोरसिँह राठोरलाई पछि पार्दै एमालेका किस्मत कक्षपतिले सुरूवाती अग्रता लिएका छन् ।
अहिलेसम्म २१७५ मत गणना भएको छ मत गणना हुँदा नेकपा एमालेका जिल्ला अध्यक्ष समेत रहेका कक्षपतिले ९८४ सय मत ल्याएका छन् भने कांग्रेस सहमहामन्त्री रहेका किशोरसिंह राठोरले ६८३ मत ल्याएका छन् ।
त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका देबेन्द्र नाथ शुक्ला २६२ मत ल्याएका छन् । यहाँ कुल खसेको मत ७४, ४३३ रहेको छ ।