बांके-मंसिर ५ गते
बाँकेमा आजदेखि मतगणनाको तयारी सुरू भएको छ। बाँकेका तीन मध्ये निर्वाचन क्षेत्र नं ३ मा बैजनाथ वडा न २ बाट प्रतिनिधि सभा तर्फको मतगणना सुरू भएको छ। बाँकी दुईमा सर्वदलीय बैठक बसिरहेको छ। बैठकले मतगणनाका लागि आन्तरिक संहिता बनाएपछि मतगणना सुरू हुनेछ।
बाँकेको निर्वाचन क्षेत्र नं १ को मतगणना राप्ती सोनारीमा मतगणना सुरू गर्ने तयारी भइरहेको छ। क्षेत्र नं २ को भेरी प्राविधिक शिक्षालयमा मतगणना हुनेछ। क्षेत्र नं ३ को मतगणना कपास विकास समिति खजुरामा सुरू भइसकेको छ।
निर्वाचन कार्यालयका अनुसार बाँकेमा करिब ६५ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान छ। जिल्लाभरि कूल ७९ हजार ८०९ मतदान छन्।