प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको मतदान बाँकेमा शान्तिपुर्ण ढंगले सम्पन्न भएको छ । आईतवार बिहान ७ बजे देखि सुरुवात गरिएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको मतदान बाँकेमा शान्तिपुर्ण ढंगले सम्पन्न भएको हो ।१ सय ३८ मतदान स्थल मध्य १ सय २४ मतदानस्थल अतिनै संवेदनसिल रहेको बाँकेका प्रहरी प्रमुख श्याम कृष्ण अधिकारीले जानकारी गराउनुभयो । बाँकेमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको मतदान शान्तिपुर्ण ढंगले भएको मतदानस्थलमा खटिएका सुरक्षाकर्मीहरुले जनाएका छन् ।
अन्य जिल्लामा भन्दा बाँकेमा निर्वाचनलाई केन्द्रित गर्दै मतदानको प्रक्रियालाई सहज र छिटो छरितो भय रहित ढंगले सम्पन्न गराउन तथा मतदातालाई सुरक्षाको लागि बाँकेमा निर्वाचनको पुर्वतयारीले पनि मतदान शान्तिपुर्ण ढंगले भएको छ।उम्मेद्वारलाई मतदान गर्न मतदाताहरु बिहानै देखि लाईनमा बसेर मतदान गरेका थिए ।
मतदाताको सुुरक्षालाई मध्यनजर गर्दै बाँकेमा ३ हजार ४० जना कर्मचारी, १ हजार ५ सय स्वयम सेवक कर्मचारी, २ हजार ५ सय ४१ सुरक्षा कर्मी, १ हजार ५ सय ५९ जना म्यादी प्रहरी खटिएका छन् ।