काठमाण्डौ साउन ११ । धेरै लामो कसरत पछि अन्ततः आज निर्वाचन आयोगले जनता समावजादी पार्टी (जसपा) को आधिकारिक्ता उपेन्द्र यादव पक्षलाई दिएको छ ।
बहुमत केन्द्रिय कार्यकारिणी समितिको बहुमत सदस्य यादव पक्षमा रहेकोले आधिकारिक्ता दिइएको हो । अध्यक्षद्धय महन्थ ठाकुर र यादवबीच आधिकारिक्ता सम्वन्धि धेरै लामो विवाद भएपछि आयोगले केन्द्रिय कार्यकारिणी समितिका सदस्यहरुलाई आयोगको कार्यालयमै बोलाएर मत लिएको थियो ।
जम्मा ५१ सदस्यमा ३४ जना यादव पक्षमा र १६ जनाले ठाकुरको पक्षमा हस्ताक्षर गरे भने रेशम चौधरी तटस्थ रहेका थिए । आयोगको यो निर्णय संगै जसपा बिभाजन भएको छ । आयोगले ठाकुर पक्षलाई नया नाम र नया चुनाव चिन्ह लिएर आउन भनेको छ ।
[radio_player id=’820′]