बांके-मंसिर १ गते
बांके निर्वाचन क्षेत्र नं.३(ख) मा जनमत पार्टीको प्रदेशसभा सदस्यको उम्मेदवार सह्बुद्दिन अनसारीले रावणराज अन्त्य गर्न जनमत पार्टीको हर्न छापमा मतदान गर्न आग्रह गरेका छन्।बांकेको जानकी १ पचपोखरा मा घरदैलो गर्दै उम्मेदवार अनसारीले मतदातासंग आग्रह गर्दै पुराना राक्षसरुपी दलहरुबाट देशको परिवर्तन सम्भव नरहेको बताउनुभएको छ ।उनले यसपटक त्यसको विकल्पमा जनमत पार्टीलाई मतदान गर्न आग्रह गर्नुभएको छ।
मतदातालाई घरदैलोको क्रममा पुराना र आफूलाई ठुला भन्ने दलहरु जनतामा जान डराइरहेको भन्नुभयो । जनताका लागि कुनै काम गर्न नसकेकाले सत्ता, शक्ति आफ्नै हातमा भएर पनि दलहरु एक्लै जनतामा जान नसकेको बताउँदै अहिले पाँच–पाँच दलको दुई गठबन्धन बनाएर चुनाव लड्नु पर्ने अवस्था आएको उम्मेदवार अनसारीले आरोप लगाए।
प्रमुख राजनीतिक दलहरूले जितेर गएपछि केही गर्न नसक्दा ती दलका पाका नेताहरूका लागि युवा उम्मेदवार सह्बुद्दिन अनसारी चुनौतीका रूपमा देखा परेका हुन्।