बांके-मंसिर १ गते
सह्बुद्दिन अंसारी जनमत पार्टी बाट बांके-३(ख) का उम्मेदवार हुन् । जनमत पार्टीका का नेता अनसारीले जल र जमिनको उपयोग गरी आफ्नो क्षेत्रलाई समृद्ध बनाउने योजनासहित चुनावी मैदानमा होमिएका छन् । उनले भने हामी प्रचारको अन्तिम समयमा आईसकेका छौँ । घरदैलो अभियान जारी छ सकेसम्म सबै मतदातासँग पुगेर मत माग्ने काम गरिरहेका छौँ । समय अब थोरै छ धेरैलाई भेट्नुछ हामी मत माग्नेसँगै मत कसरी हाल्ने भनेर पनि सिकाउँदैछौँ ।
जानकी क्षेत्रको समस्या समाधान गर्न नै म यहाँको उम्मेदवार भएको हो । प्रदेश सभामा गएर प्रदेश सञ्चालनका लागि चाहिने नियम, कानून निर्माणसँगै प्रदेशलाई विकासको गतिमा अघि बढाउने काम गर्नुछ । मैले अल्पकालिन, मध्यकालिन र दीर्घकालिन विकासका योजना लिएर आएको छु । यी योजनालाई साकार बनाए हाम्रो जानकी क्षेत्र र प्रदेश समृद्ध बन्नेछ । त्यसैले मेरा योजना साकार बनाउन मलाई भोट दिनपर्छ ।
जानकीमा कृषिमा आधुनिकीकरण, पुर्नजागरण, भूमीको वर्गीकरण, कृषिको पकेट क्षेत्र तय गरी आवश्यक बालीको विकास मेरा एजेण्डामा छन् । मैले हाम्रो क्षेत्रलाई समृद्ध बनाउन कृषिको विकासलाई नै प्राथमिकतामा राखेको छु । मलखाद्यको व्यवस्थापनसहित कृषि उपजको भण्डारण, खेतीयोग्य जग्गामा सिंचाई लगायतको सुविधा जनतालाई दिएर आम्दानीको बाट बढाउने छु ।
विद्यालयलाई पूर्वाधार सम्पन्न प्रविधिमैत्री डिजिटल शैक्षिक प्रविधि, किसानमा प्राकृतिक व्यवस्थापन कलेजमा अध्ययन अध्यापन गराईने विषय मेरो योजनामा राखेको छु । यी कुरा कार्यान्वयन गर्न जनताले मलाई भोट दिनुहुन्छ भन्नेमा विश्वस्त छु । आफूलाई जिताउन बांके क्षेत्र नं. ३ ‘ख’ का मतदाता लाई सह्बुद्दिन अंसारीले अपिल पनि गरे ।