बांके-कार्तिक २९ गते
बाँके क्षेत्र नं. ३ मा पर्देशसभा सदस्य उम्मेदवार सह्बुद्दिन अनसारीको अगाड़ी अन्य उम्मेदवार कम्जोर हुँदै गएका छन् ।जानकी का बिकास गर्न का लागी अब युवा पुस्ताले राजनीतिमा आउनु पर्नेमा बांके क्षेत्र नम्बर ३ [ख] का प्रदेश सभा सदस्यका उम्मेदवार सह्बुद्दिन अनसारी आज मंगलबार सञ्चारकर्मी संग कुरा गर्दै जनमत पार्टीका तर्फबाट प्रदेश सभा सदस्यका उम्मेदवार रहनुभएको अनसारीले जेष्ट नेताहरुको अनुभव संगालेर युवाले विकासको लागी काम गर्नुपर्ने बताउनुभयो।
उहाले पुराना नेताहरुलाई मार्ग निर्देशकको रुपमा समान गर्दै उहाहरुको अनुभवलाई लिएर युवाले सामाजिक संगै भौतिक विकास गर्यो भने देश पूर्ण रुपमा विकसित हुने अनसारीले बिश्वास व्यक्त गर्नुभयो । विकासलगायतका एजेन्डा लिएर घरदैलोमा जनमत पार्टीका उम्मेदवार अनसारी चुनावी दौडमा ब्स्त छन् ।
जनताको मन जितेर चुनावमा जित हासिल गर्ने दाबी गर्दै यस क्षेत्रका मतदाताले गठबन्धनको नाममा बढ्दो राजनीतिक विकृती तथा अराजनीतिक गतिविधिलाई अन्त्य गरी विकास र परिवर्तनका लागि जनमत पार्टीका लाई जनताले जिताउनेमा पूर्ण विश्वस्त रहेको अनसारीको भनाइ छ ।
क्षेत्र नम्बर ३ प्रदेशसभा (ख) मा उम्मेदवार अनसारीले अपाङ्गमैत्री कानुन बनाएर कार्यान्वयन गर्न लागिपर्ने बताए । उनले आफूहरूलाई चुनाव जिताए अपाङ्गता भएकाहरूको पक्षमा काम गर्ने समेत बताए। पर्देशसभा सदस्य उम्मेदवार अनसारीको पक्षमा ग्रामिण टोल वस्तीमा सर्वसाधारण स्वस्फूर्त रुपमा खुल्न थालेका छन् । अनसारीको पक्षमा नेपालगञ्ज उपमहानगरपालिका १६-१७ सहित जानकी गाउँपालिकाका गाउँवस्तीमा सर्वसाधारण स्वस्फूर्त रुपमा खुल्दै गएका छन् । अनसारीलाई यो क्षेत्रमा पार्टीगत सँगै व्यक्तिगत रुपमा मन पराउने मतदाता बढि रहेको पाईएको छ ।