बांके-कार्तिक २८ गते
बांके क्षेत्र नं. ३ ख बाट प्रदेशसभा सदस्यका उम्मेदवार बिजय कुमार पाठकले बांके जिल्लाको क्षेत्र नं. ३ ख मा कृषि उद्यमको केन्द्रको रुपमा विकास गरिने बताएका छन् । बांके जिल्लामा कृषिको सम्भवनामा अगाडि रहेर पनि अपेक्षा गरेअनुसार अवसर उपयोग हुन नसकेको भन्दै त्यसका लागि आवश्यक पूर्वाधारको नीतिगत प्रबन्ध गरिने पाठकले बताए ।
सो क्षेत्रबाट जसपा नेपाल का उम्मेदवार रहेको पाठकले चुनावी अभियान अन्तरगत शोमवार नेपाल गंज उप-महानगर पालिका वडा नम्बर-१७ परसपुर ढोड़े गाउं थुकैलामा घरदैलो कार्यक्रम सम्बोधन गर्ने क्रममा कृषिको आधुनिकीकरणमार्फत आयको आधार विस्तारलाई मुख्य उद्देश्य बनाइएको स्पष्ट पारे । खेतीका लागि मलखाद, बीउ र सिंचाईलाई प्रभावकारी बनाइने पनि उनले प्रतिवद्धता व्यक्त गरेका छन ।
कृषकलाई परम्परागत खेतीको सट्टा बढी नाफामूलक खेतीमा प्रोत्साहित नगरी हुँदैन । ग्रामीण क्षेत्रलाई तरकारी र दूग्ध उत्पादनको केन्द्रको रुपमा विकास गरिने छ । यसका लागि अत्याधुनिक चिस्यान केन्द्र सञ्चालनमा ल्याइने छ, पाठकले भने। कृषिमा आधुनिक प्रविधिको उपयोग गरी खेतीलाई व्यावसायीकरण गरिने गर्ने पनि बताए ।
चुनावी घरदैलोको क्रममा स्थानीय लिमरा खबर संग कुरा गर्दै स्थानीय मतदाता एवम बांकेको जानकी गाउपालिका वडा नम्बर १ साईगांव निवासी मेराज राईले भने बिजय कुमार पाठक युवा जोश जाँगर भएको र समाज लाई पनि नजिक नियालेकोले आफुहरुको रोजाईमा परेको बताउनुभयो ।