नेपालगंज-कार्तिक २७ गते
जेसिस बाँकेले क्षेत्र नं.२ का पतिनिधिसभा सद्स्य उम्मेदवारसँग [ककस] कार्यक्रम राखेर जनतासँग सिधा खुल्ला ‘प्रश्नोत्तर’ गराएको छ । बाँके क्षेत्र नं २ का जसपा प्रतिनिधिसभा सद्स्य उम्मेदवार मोहम्मद इश्तियाक राई राष्टिय स्वतन्त्र पार्टीका उम्मेदवार विनोद अग्रहरी र स्वतन्त्र उम्मेदवार दिवाकर खनाल [ककस] कार्यक्रम सहभागी भएका थिए ।राईले भने क्षेत्रको विकासका मुद्दामा आफू जुनसुकै समयमा, जोसुकैसँग बहस गर्न तयार रहेको बताएका छन्। आइतबार नेपालगन्ज को त्रिभुवन चोकमा भएको एउटा खुल्ला ‘प्रश्नोत्तर’ कार्यक्रममा उनले यो चुनावलाई केहीले आफ्ना धार्मिक अजेन्डा स्थापित गर्ने अवसरका रूपमा लिएको पनि बताए ।
नेपालगन्ज जेसीजले आयोजना गरेको सडक बहस कार्यक्रम ‘ककस’मा बोल्दै उनले भने ‘आउनुहोस्, कसले विकास गरेको छ र कसले भ्रष्टाचार गरेको छ यही चोकमा बहस गरौं। तपाईं सजिलो लाग्ने जुनसुकै चोकमा बहस गरौं। काम गरेका प्रमाणहरू छन्। फेरि पनि गर्नसक्छु भन्ने आधारहरू छन् उनले नेपालगन्ज र यो निर्वाचन क्षेत्रको विकास, समृद्धि अनि सामाजिक सद्भाव र आपसी भाइचारबाहेक आफूले अरू कुनै पनि स्वार्थ नराखेको भन्दै यहाँको समग्र विकासका लागि आफू संसद भए पनि नभए पनि लागिरहने पनि बताए ।
यहाँको समग्र विकासका दृष्टिकोणहरूलाई समेटिएको ‘१० दृष्टि’ केही दिनअघि मात्रै उम्मेदवार राईले आफ्ना चुनावी प्रतिवद्धताका रूपमा सार्वजनिक गरेका थिए। मैले भनेका यो योजनाका कामहरू प्रतिवद्धतामात्रै होइन। यी मेरा अठोटका लिखत पनि हुन्। यसलाई सुरक्षित राख्नुहोला। मैले मेरा अठोट पूरा गर्न सकिनँ भने फेरि भोट माग्न आउँदा प्रश्न गर्नुहोला’ उनले भने। उम्मेदवार राईले जसले धार्मिक र साम्प्रदायिक नारा लगाए पनि आफ्नो जीवन रहँदासम्म यहाँको सामाजिक धार्मिक सद्भाव र भाइचारा खलबलिन नदिने प्रतिज्ञा पनि गरे।
म विकास, समृद्धि र भाइचाराको लागि चुनाव लडिरहेको छु। त्यसका लागि जहिले पनि जहाँबाट भए पनि लडिरहनेछु’उनले भने । यो खुल्ला बहसमा प्रतिनिधीसभाका अन्य दुई उम्मेदवार धवलशम्शेर राणा तथा सुदिप नरसिंह राणा गयल भए ।