बांके-कार्तिक २७ गते
संघीय तथा प्रादेशिक निर्वाचन नजिकिदै गर्दा बांके ३ ख मा जनमत पार्टीले आफ्नो चुनावी प्रचार अभियानलाई तीब्र पारेका छन । बांके ३ ख लाई सबैभन्दा बढी चासोको रुपमा हेरिएको क्षेत्र नम्बर ३ ख मा पनि मुख्यत तीन पक्षका पार्टीहरु तीब्र प्रतिस्पर्धामा देखिन्छन । उनीहरु मतदाता रिझाउन आफ्ना चुनावी प्रतिबद्धता र विकास निर्माणका कामलाई देखाएका छन । तर पछिल्लो केही दिनयता भने सह्बुद्दिन अनसारी पक्षमा जनलहर बढ्दै गएको पाईएको छ ।
सह्बुद्दिन अंसारी ले गरेको समाजिककर्ता भएको ले पनि जनताको उनीप्रति विश्वास बढ्दै गएको पाईएको हो । हाल क्षेत्र नम्बर ३ ख मा अनसारीले अधिकांश वडामा घरदैलो गरिसकेका छन । उनको प्रतिबद्धता र उनको इतिहासका बारेमा बुझेका जो कोही मतदाताले पनि मत दिने वचनबद्धता व्यक्त गरेका छन । घरदैलो गर्ने अभियानमा आईतबार खजुरा गाउपालिका छेत्र न ३ख म पर्ने वडा मा घरदैलो र कोणसभा सम्पन्न भएको छ ।
घरदैलो र कोणसभामा सयौंको संख्यामा मतदाताहरु सहभागिता रहेको थियो । यसैक्रममा प्रतिक्रिया दिदै जनमत, पार्टी अनसारीको पक्षमा जनलहर बढ्दै गएको बताए । ‘जनताले उहां एक विकासवादी नेता , गरिखाने वर्गको अभियान्ताको रुपमा नजिकबाट बुझिसके, उनले भने, दिनानु दिन उहांका पक्षमा माहोल तातिएको पाएको छु । अनसारीलाई जिताउंदा राज्यको नीतिगत तह तथा मन्त्रालयसम्म पनि पहुंच पुग्ने भएकोले पनि मतदाता आकर्षित भएको उनको भनाई छ । ‘हिजो अस्ती जानकी लगायतका क्षेत्रहरुमा पनि घरदैलो गर्दा पनि मतदाताको मैले आशा गरेभन्दा पनि बढी उहांको पक्षमा नै जनलहर देख्यौं , उनले भने, आज कालिकापुर्वाको घरदैलोमा पनि सोचेभन्दा बढी जनसहभागिता रहेको पायौं ।’
यस्तै अर्का मतदाता दिनेश चमार पनि निकै उत्साहित देखिन्थे । ‘मैले उहांलाई नजिकबाट देख्ने मौका पाएं । उहां स्पष्ट वक्ता र भिजन भएको नेताको रुपमा समेत पाएं । त्यसैले हामी सबैले उहांलाई जिताउनु हाम्रो कर्तव्य हो । काम गर्ने नेतालाई जिताउन पर्ने राख्दै उनले यो क्षेत्रमा अनसारी लाई मत दान गरना अतुर रहेको बताए । अर्का मतदाता बिम्ला कांदु पनि अनसारीको पक्षमा जनलहर सोचेभन्दा बढी भएको बताउंनछिन । ‘मैले यस्तो जनलहर अन्य पार्टीको देखिन ,उनले भनिन , यो विश्वास अनसारीको काम गर्ने क्षमता , दक्षताले पनि भएको हो ।’
घरदैलो पछिको कोणसभामा बोल्दै उमेद्वार अनसारीले आफूप्रति जनताले देखाएको विश्वास र भरोसा कुनै हालतमा टुट्न नदिने बताए । ‘म जे बोल्छु त्यही गर्छु, म भाषण भन्दा काम बढी गर्ने मान्छे हुं । उनले भने, हजुरहरुको आशा र भरोसा म टुट्न दिन्न । आफू निकै संघर्षबाट आएको व्यक्ति भन्दै आफू गरिखाने वर्गको अभियान्ता भएको बताए । आफूले चुनाव जितेमा हरेक वडामा सम्पर्क कार्यालय स्थापना गरी जनताको सेवा गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘चुनाव जिताउने जिम्मा तपाईंको , काम गर्ने जिम्मा मेरो । म सधै जनताको सेवक हुन चाहन्छु ।’ अनसारीले भने ।