बांके-कार्तिक २६ गते
मतदातामा पुराना दलप्रति आकर्षण देखि रहेका छैनन । उनीहरु नयाँ र युवा उम्मेदवार खोजिरहेका छन् । बांके जानकी गाउपालिका को इंद्रपुर चौक मा बांके छेत्र नम्बर ३ कै नागरिक भेटिन्छन् । त्यहाँ पुगेर लिमरा खबर ले स्थानिये मतदातासंग कुराकानी गर्दा समग्र बांके ३ कै मतदाताको मन बुझ्ना सजिलो हुन्छ । के भन्छन् त इंद्रपुरचौक मा भेटिएका मतदाता ?
जानकी गाऊपालिका २ मानपुर का जगदिश यादव शुर्खेतमा काम गरिरहे का थिये यतिबेला आफ्नो घर आएका छन् । गाउँमा निर्वाचनको चहलपहल बढिरहेका बेला ३७ वर्षका यादव निर्वाचन छल्न खोज्दै छन्। पुरानै अनुहारलाई नै भोट हाल्नुपर्नेभएपछि उत्साह नजागेको उनको भनाइ छ । इंद्रपुर चौक मा मा भेटिएका उनले लिमरा खबर सँग भने ‘हाम्रो छेत्र ३ मा पुरानै दल का उम्मेदवार आयेकाका छन् । उनीहरूलाई मत हाल्ने मन छैन । एक जना युवा उम्मेदवार उठेको छ उनलाई मत दिने, तर पुरानै दलका पुरानै नेताको आश्वासन र झुटा बाचा कति सुन्ने भनेर निर्बाचन पछि काममा शुर्खेत जाने हो भने । ’
विगतका निर्वाचनमा पार्टीका उम्मेदवारलाई विश्वास गरेता पनि आफूहरूको माग सुनुवाइ नभएको जानकी-४ मनोज बिक को गुनासो छ । उनले यसपटकको निर्वाचनबाट युवा शक्ति स्थापित हुनुपर्ने बताए । यसपटको निर्वाचनबाट नयाँ जोश जाँगर भएको, देशका लागि केही गर्छु भन्ने जोश भएका युवा आउनुपर्छ उनले भने ।
यादव को जस्तै अहिले धेरै मतदातामा पुराना दलप्रति आकर्षण छैन । उनीहरु नयाँ र युवा उम्मेदवार खोजिरहेका छन् । नेपालगंज-उपमहा नगरपालीका १७ भिरकुटीनगर को चिया पसल मा बांके छेत्र ३ कै नागरिक भेटिन्छन् । त्यहाँ पुगेर कुराकानी गर्दा समग्र छेत्र ३ नम्बर कै मतदाताको मन बुझ्न सजिलो हुन्छ । भिरकुटीनगर को चिया पसलमै भेटिएका जानकी-३ कालिका पुर्वा को दिनेश सुनारलाई पनि उम्मेदवारप्रति विश्वास छैन ।
उनी भन्छन्, ‘जसलाई भोट हाले पनि के हुने होर ?, हामीलाई सधैं दुख हुंछ। ४० वर्षका उनी भोट हाल्न जाँदा आफूलाई छाक टार्नै मुस्किल हुने गुनासो गर्छन् ‘भोट हाल्न जाँदा हाम्रो काम कसले गरिदिने, भोट पाएपछि फर्किएर कसैले हेर्ने होइनन् , आफ्नो ज्याला छाडेर भोट हाल्न भन्दै को जाला ?’ उनी भन्छन् । यो पटक उम्मेदवारलाई नै आधार मानेर भोट हाल्ने मनस्थितिमा छन् । भन्छन् ‘भोट हाल्ने आफ्नो अधिकार हो यसलाई प्रयोग त गर्नै पर्यो । यतिका वर्ष पार्टी हेरेर मत दियौँ यो पटक भने म व्यक्ति र उसका एजेन्डा हेर्नेछु ।’