बांके-कार्तिक २६ गते
सबैका प्रीय युवाहरुको ढुकढुकी सह्बुद्दिन अनसारी बाँके क्षेत्र न. ३ प्रदेश (ख) मा सबैभन्दा बलियो उम्मेदवारको रुपमा अगाडी देखिएका छन् । आगामी मंसिर ४ गते हुने निर्वाचनमा जमत पार्टीबाट प्रदेश ३(ख) का उम्मेदवार निरन्तर जनताको घरदैलोमा जाँदा निकै बलियो उम्मेदवारको रुपमा सावित हुँदै गएका हुन ।
जानकी गाउँपालिकाको हरेक गाउँ गाउँमा घरदैलो गर्दा उनको पक्षमा निकै बलियो माहोल बन्दै गएको हो । १५ बर्षको लामो सामाजिक सेवा र राजनीतिमा अब्बल मानिएका स्थानीय बासिन्दा समेत रहेका सह्बुद्दिन अनसारीलाई मत हाल्न जनता आतुर रहेको बताएका छन् ।
के छन् चुनावि एजेन्डा अनसारीको प्रमुख एजेन्डा उनको निर्वाचन क्षेत्र जानकी गाँउपालिका हो । यस क्षेत्रका स्थानीयले हरेक वर्ष मल्लको समस्या झेल्दै आएका छन् । यससंगै नागरिकहरुलाई सहज सेवा दिनु अर्को एजेन्डा रहेको उनी बताउछन् । स्थानीय तह वा अन्य सरकारी तथा गैरसरकारी संस्थाले दिने सेवा लिन पहुँच हुनेहरु नै पहिले पुग्छन् । लक्षित वर्गसम्म सेवा पुग्न नसकिरहेकाले यसको सुरुवात आफैबाट गर्ने उनी बताउछन् ।
जनताको आशा हरनमा भरोशा भन्ने नारा सहित आफूले हरन चुनाव चिन्ह लिएर प्रदेशसभाको निर्वाचनमा सक्षम र सबल युवालाई अत्यधिक बहुमतले विजयी गराउन क्षेत्र नंम्बर ३ ख का मतदाताहरुलाई आग्रह गर्नुभयो ।