बांके-कार्तिक २५ गते
बांके क्षेत्र नं.३ ख का पर्देससभा सदस्यको उम्मेदवार सह्बुद्दिन अनसारीलाई जिताउनको लागि बिभिन्न दल का दर्जनौं युवा कार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेका छ्न। शुक्रबार जानकी गाउपालिका-३ खजुरा स्थित मानपुर रामगाउमा घरदैलोको क्रममा कांग्रेश एमालेका दर्जनौं युवा कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका हुन। प्रवेश गर्नेमा नेकपा एमालेका युवा रामदयाल रैदास प्रमोद कांदु निरज यादव सुरेन्द्र राय र अनिता बिक एकवाल यादवसहित दर्जनौं युवा कार्यकर्ताहरुलाई उम्मेदवार अनसारीले जनमत पार्टीमा प्रवेश गराएको हो।
नवप्रवेशीहरुलाई जनमत पार्टीका जिल्ला सद्स्य फिरोज खान यसै क्षेत्रका पर्देस सभा सदस्यको उम्मेदवार सह्बुद्दिन अंसारीले संयुक्त रुपमा फुलमाला लगाएर पार्टीमा स्वागत गरिएको छ। उम्मेदवार अनसारी प्रती दिनप्रतिदिन क्रेज बढिरहेको छ। चुनावको मुखमा आएर अन्य पार्टी बांके-३ का एक दर्जनभन्दा बढी युवा -कार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेका छन ।
उनीहरू जनमत पार्टी उम्मेदवार सह्बुद्दिन अनसारी संग टिका लगाएर पार्टी प्रवेश गरेका हुन्। अनसारीले भने जनमत पार्टी युवा कय पार्टी हो। घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सभा सदस्य अनसारीले जनताले अरु पार्टीका उमेदवारलाई पट्क पट्क विश्वास गरेर सांसद विधायक बनाउनु भयो, यस पट्क आफुलाई मतदान गरि विजयी बनाउन आग्रह गर्दै आफुले जनताको सेवा गर्ने र गर्दै आएको बताएका छन् ।