काठमाडाैं- कात्तिक २४ गते
आसन्न निर्वाचनका लागि प्रचारप्रसार गरिरहेका उम्मेदवारले अनलाइन सञ्चारमाध्यममा विज्ञापन गर्न पाउने भएका छन् निर्वाचन आयोगका उपसचिव एवं सहायक प्रवक्ता कमल भट्टराईले बिहीवार प्रेस विज्ञप्ति जारी गर्दै अनलाइन सञ्चारमाध्यममा विज्ञापन गर्न पाइने जनाएका छन् ।
विज्ञापन गर्दा सःशुल्क विज्ञापन भएको जनाउनुपर्ने शर्त राखिएको छ । उम्मेदवारले रोडब्लक, कन्टेन ब्लक, होमपेज ब्यानर, डिटेल पेज ब्यानर, समाचारको बीचमा बक्स विज्ञापन गर्न पाइने विज्ञप्तिमा उल्लेख छ ।
यसरी विज्ञापन गर्दा प्रचार सामग्रीमा कसैप्रति गालीगलौज, मिथ्या सूचना, दुष्प्रचार, द्वैषपूर्ण अभिव्यक्ति समावेश हुन नहुने र त्यस्तो गरेमा निर्वाचन आचारसंहिता उल्लंघन भएको मानिने जनाइएको छ ।