बांके-कार्तिक २४ गते
जनमत पार्टीको तर्फबाट बांके क्षेत्र नं. ३ ख मा प्रदेश सभाका उम्मेदवार सह्बुद्दिन अनसारी ले बिहीबार बिहाना जैसपुरमा घरदैलो गरेका हुन् । क्षेत्र नं. ३(ख) का प्रदेश सभा सदस्य उम्मेदवार जनमत पार्टीको नेता अनसारी जनमत पार्टीका नेता तथा स्थानिये, कार्यकर्ताको टोलीले घरदैलो गरेको हो ।
टोलीले बिहीबार भंसारदेखि शुरू गरेको घरदैलोको क्रममा हाते माइकबाट उम्मेदवारहरू घरदैलोमा आएको भन्दै प्रचार गरिएको थियो भने आफ्नो पार्टीको चुनाव चिह्न र झण्डा पनि बोकिएको थियो । सहभागी नेता, कार्यकर्ताहरूले आयो, आयो, जनमत पार्टी आयो’ भन्दै नाराबाजीसमेत गरेका थिए ।मतदाताको घर–घरमा नमस्ते गर्दै पुगेका अनसारीले जनमत पार्टीका उम्मेदवार अनसारीलाई मत दिन आग्रह गरिरहेको देख्न सकिन्थ्यो ।
त्यसैले पनि आगामी पर्देशसभा निर्वाचनमा अनसारी बलियो प्रत्यासीको रुपमा देखिएका छन् । उनी जानकी क्षेत्रको विकास हुनेगरी नीति निर्माणमा जोड दिने बताउँछन् । प्रचारका क्रममा नेपालगन्जको वडा नम्बर १६ मा देखिएको उत्साहले हाम्रो मनोबल उच्च भएको छ, हामीले अब चुनाव जित्ने निश्चित भइसकेको छ,’ उनले भने जनमत पार्टीलाई चुनाव जिताउन वडा नम्बर १६ का मतदाताले गरेको सत्कारले उत्साहित भएका छौं ।
अनसारी बिहीबार बिहानैदेखि चुनावी प्रचारमा जुटेका थिए । यसअघि प्रचार प्रसारका क्रममा अनसारी जानकी गाउँपालिका खजुरा क्षेत्र मा पनि पुगेका थिए ।