बांके-कार्तिक २२ गते
बांके क्षेत्र नं. ३ ख मा जनता समाजवादी पार्टीका नेता तथा कार्यकर्ताहरुले उम्मेदवार बिजय कुमार पाठक लाई जिताउन कम्मर कसेर लागेका छन् । पर्देशसभा सदस्यका उम्मेदवार बिजय पाठक लगायतका नेता र कार्यकर्ता स्थानियेहरु संयुक्त घरदैलोमा यो प्रतिवद्धता व्यक्त गरेका हुन् ।
पाठक ले भने विगतमा पटकपटक जितेर गए एमाले कांग्रेश जानकीको विकासमा कुनै योगदानमा नपु¥याएका नेताहरु विपक्षी पार्टीबाट आफ्नो प्रतिस्पर्धामा उत्रिएको भन्दै आफ्नो जीत निश्चित भएको दाबी गरे । उनले भने जसपाका उम्मेदारको पक्षमा मतदान गर्न आग्रह गरेका छन् ।
प्रदेशसभा सदस्य उम्मेदवार बिजय कुमार पाठक बांके क्षेत्र नं. ३ ख मा जसपा का उम्मेदवारको जीत नै बांके जानकीको विकासको आधार भएको बताए । जसपा नेता धर्म राज कुर्मी जानकी को विकासका लागि यो क्षेत्रबाट जसपा का नेताहरुको जितको खाँचो औंल्याए । उनले पनि जसपा उम्मेदवारलाई भोट दिएर जिताउन आग्रह गरे । जसपा का नेता रजिब कुर्मीले विपक्षी दलका उम्मेदवारको हार निश्चित भएको भन्दै मतदातालाई जसपा मा भोट हाल्न आग्रह गरे ।
पाठकले भने हामी नसक्ने र असम्भव योजनाहरूको लोभ देखाएर भोट माग्दैनौं । जे गर्न सक्छौं, र यहाँको विकासका लागि आवश्यक छ त्यहीमात्रै भन्छौं र गरेर पनि देखाउँछौं’ पाठक घरदैलो अभियानमा व्यस्त रहनुभएको छ । उहाँ घरघरमा पुगेर आफूलाई मत दिनुपर्ने औचित्य पुष्टि गर्न लागि रहनुभएको छ । आफ्नो उम्मेदवारीका बारेमा बताउँदै मतदातालाई निराश बनाउने उम्मेदवारलाई मत नदिन समेत उहाँले आग्रह गर्नुभएको छ । जानकी क्षेत्रको विकास र समृद्धिका लागि योगदान दिन उम्मेदवारी दिएको बताउनुभएको छ ।