बांके- कार्तिक २२ गते
असन् मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा बांके क्षेत्र नम्बर ३ ख मा जनमत पार्टी पर्देशसभा सदस्य उम्मेदवार सह्बुद्दिन अनसारी प्रति मतदाताहरुको आकर्षण बढ्दै गएको छ । चुनावी घरदैलोका क्रममा बांके क्षेत्र ३ ख का हरेक वडामा पुग्दा अनसारीको समर्थनमा मतदाताहरुले समर्थन गर्दै स्वागत गरिरहेका छन् । यसैक्रममा जानकीगाउपालिका वडा नम्बर ५ को बुदिया गाउमा पनि मंगलबार बिहान प्रदेशसभा सदस्य उम्मेदवार अनसारीलाई मतदाताले समर्थन गर्दै स्वागत गरेका छन् । स्थानियेहरुले भने बांके-३ ख मा अनसारीको सामु कुनै पनि उम्मेदवार प्रतिस्पर्धामै नरहेको भन्दै अनसारीको जित सुनिश्चित रहेको जिकिर पनि गरे ।
बुदिया गाउमा मतदाताको स्वागत र समर्थन पाएपछि अंसारीले मतदातालाई कृतज्ञता प्रकट गर्दै यो जोश र उत्साह मंसिर ४ गतेसम्मै राख्न आग्रह गरे । मतदातासँग उनले भने, ‘संघीयता, सुशासन र विकासको पक्षधर मा रहेका उम्मेदवारलाई मतदान गरेर जिताउनुस्, तपाईको दुखसुखमा म सधै साथमै रहनेछु,हामी अधुरा रहेका विकास निर्माणका काम पुरा गर्छु ।
जानकी लाई झन् विकसित, समृद्धि र सुशुसित बनाउने अभियानमा मतदाताहरुबाट पाएको स्नेह र आशिर्वादले थप उत्साहित बनाएको भन्दै अनसारीले मतदाताले थपे, ‘तपाईहरुबाट प्राप्त सल्लाह र सुझावले हामीलाई थप उर्जाशील र सशक्त बनाएको महसूस गरेको छु, तपाइहरुको यो अगाध माया र भरोसाले खरो उत्रिनेछु । जनमत पार्टी बांके जिल्ला सद्स्य फिरोज खान ले जांकारी गराए।