बांके-कार्तिक २१ गते
जनमत पार्टीका बांके छेत्र नम्बर ३ [ख] का उम्मेदवार सह्बुद्दिन अंसारीले भने यस पटकको निर्वाचनमा जनमत पार्टीलाई जिताउनु र विकास गर्ने बताएका छन् । जानकी ६ पिपरहवा मा सोमबार आयोजित चुनावी सभामा अंसारीले मङ्सिर ४ गतेपछि देशमा नयाँ बदलाव आउने बताए।
नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) दलले नागरिकलाई गुमराहमा पारी मत लिएको तर विकास नगरेकाले जनमत पार्टीलाई मतदान गर्न अंसारीले आग्रह गरे। पटकपटक नेतृत्व गरेका नेता असफल भएको उहाँले बताउनुभयो । उनले भने, जानकीमा लामो समय राणाले, राजाले, राजनीतिक दलले शासन गरे तर आजसम्म जनता अधिकार र आधारभूत सेवा सुविधाबाट वञ्चित छन् । जनमत पार्टी विकासको एजेण्डासहित अघि आएको उनको भनाइ थियो।
आफूले जानकीको हरेक धर्मसंस्कृतिको धरोहर देशलाई चिनाउन भिजिट मधेशमार्फत पर्यटन, मधेशको संस्कृतिको उत्थान गरेको, कोरोना महामारीमा एक आम समाजसेवीको हैसियतले आफ्ना मतदाताका दुःखमा सदैव साथ रहेकाले हरन छापमा मतदान गरि आफूलाई जिताउन बांके क्षेत्र नं. ३ ‘ख’ का उम्मेदवार सह्बुद्दिन अंसारीले अपिल गरे ।