बांके-कार्तिक १९ गते
जनमत पार्टीका बांके निर्वाचन क्षेत्र न .३ ख का पर्देशसभा सदस्य पदको उम्मेदवार सह्बुद्दिन अनसारीले जनमत पार्टी भिजन बोकेका शिक्षित युवाहरु पार्टी रहेको बताए। आज बिहान नेपालगंज उपमहानगरपालिका १७ को थुकैला जयसपुर डुडैसा ढोडे गांवमा कार्यकर्ता भेटघाट कार्यक्रमको सम्बोधन गर्दै उम्मेदवार अनसारीले जनमत पार्टी मात्रै भिजन बोकेका शिक्षित युवाहरुको पार्टी रहेको बताए । जनमत पार्टीले मात्रै मधेशको समस्य समाधान गर्ने उनले दावी गरेका हुन।
उनले भने जानकीमा बिगतमा लामो समयदेखि नै अरु पार्टीहरु सत्ता संचालन गर्दै आइरहेका पार्टीहरु अहिलेसम्म जनताको हितमा काम गर्न सकेको छईना । उनिहरुको पार्टीमा रहेका नेताहरु परिवर्तन भएका छन। जनताको अवस्था उस्ताउस्तै रहेको उम्मेदवार अनसारीले जिकिर गरे। जनमत पार्टी जनताको मत अनुसार चल्ने पार्टी हो । जनमत पार्टीमा राइट टु रिकलको व्यवस्था रहेको छ,आफुहरुलाई जिताएर जितेपछि जनता अनुसार काम नगरेपछि जनमत पार्टीका जितेका सांसदलाई फिर्ता पनि बोलाउने अधिकार जनतालाई जनमत पार्टीले दिएको छ ।
जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउत वैज्ञानिक हुनुहुन्छ । त्यतिमात्रै होइनन् जनमत पार्टीमा डाक्टर ,इन्जिनियर र पढेलेखेका विद्वानहरु यस पार्टीमा लागेको उम्मेदवार अनसारीले भने ।जनमत पार्टीसंग समाज परिवर्तन गर्न खाका रहेको उनले दाबी गरेको हो। बांके निर्वाचन क्षेत्र.३ ख प्रदेश सभा सदस्य पदको उम्मेदवार सह्बुद्दिन अनसारी लगायत पार्टीका नेता कार्यकर्ताहरुको उपस्थित रहेको थिए।
प्रदेशसभा सदस्यका उम्मेदवार अनसारीले विकासमा सधैँ पछाडि परिरहेको जानकी लाई समृद्ध बनाउने जिम्मा जनमत पार्टीले लिने बताए । साथै अरु पार्टी परित्याग गरेर जनमत पार्टीमा प्रवेश गर्ने सबैको राजनीतिक भविष्य जनमत पार्टीले सुनिश्चित गर्ने अनसारीको भनाइ छ ।