बांके-कार्तिक १९ गते
बांके क्षेत्र नं. ३ ख बाट जनता समाजबादी पार्टी नेपालका पर्देश सभा सदस्य उम्मेदवार बिजय पाठक ले जानकी वडा नं. ३ कर्मोहना इंद्रपुर.बंजजारे गाऊ का जनतासँग घरदैलो तथा भेटघाट गरेका छन्। उनले भेटघाट कार्यक्रममा आफू त्यहाँ पुग्दा जनता उत्साहित भएको बताएका छन् । उनले भनेदुई छाक खाना का लागी सन्तानलाई विदेश जान नपरोस् बिकास परिवर्तनको लागि जनताले आफूलाई भोट दिने बताएका हुन् ।
मतदातासँग भेटघाट गर्दा, ‘तपाईँ पर्देशसंसदमा पुगेपछि जति पनि गलत नीतिनियम बनेका छन्, त्यसलाई टेबल ठटाएर रोक्नुहोस्’ भन्ने गरेको पाठकले बताउँछन् । एक युवा समाजसेवी भएता पनि देशको र जनताको लागि नीतिनियम बनाउन पर्देससंसद मा पुग्नैपर्ने बताउँदै परिवर्तन गर्न आफूसँग अनुभव भएको पाठक ले बताउँछन् । जानकी-३ मोतीपुरमा कतिपय ठाउँमा अभै बाटो नपुगेकाले त्यसको जिम्मा आफूले लिने उनले बताये ।
पाठकले युवाहरू दुई छाक खाना र बालबच्चा पढाउनकै लागि दुबई, कतार, मलेसियाजस्ता मुलुक जानुनपरोस् भन्दै आफू सो नीति बनाउने अभियानमा जुटिरहेको बताए । उनले बलात्कारी र भ्रष्टहरूलाई जेलमा पालेर राख्दा पनि राष्ट्रको धन खर्च हुनेसमेत बताए । लिमरा खबर संग कुराकानी गर्दई पुर्ब ग.बि.स अध्येछ तिर्बेनी पर्साद कुर्मीले भने जानकी ३ मा शिक्षा र स्वास्थ्य क्षेत्रमा बजेट दोब्बर बनाउनुपर्ने अवश्यकता रहे को पनी बताए।
पुराना पार्टी र पुराना सोंच भएकाहरुबाट कुनै उपलव्धी हासिल हुने सम्भावना देखिएन। पाठकले समृद्ध बोकेका लागि बाचा पत्र सार्वजनिक गर्दै भने, यो जानकी को बिकास का लागी अभियान हो उनले भने आफुले जनताको माया साथ लियेरा उनले समस्याको समाधान सहित जनतामाझ पुगिरहेको बताएका थिए। पाठकले बांके जिल्लाको जानकीमा खस्कँदै गएको आर्थिक, सास्कृतीक अवस्था देखेर युवा पुस्तालाई चिन्तित बनाएको भन्दै यसलाई सुधार गर्न आफुले पर्देश सभामा उम्मेदवारी दिएको पनि सुनाए।
मदरसा, सरकारी स्कूलमा अध्ययनरत विद्यार्थीलाई अतिरिक्त कक्षाको रुपमा दैनिक कम्तीमा एक घण्टा डिजिटल प्रविधिबाट शिक्षा दिइनेछ । यस्तो शिक्षाले विद्यार्थीले अन्तर्राष्ट्रिय मापदण्डको ज्ञान हासिल गर्नेछन । उच्चशिक्षाका लागि विदेश जाँदा पनि उनीहरुलाई मद्दत मिल्नेछ । जसपा बांके छेत्र नम्बर ३ का छेत्रिये अधेछ रजिब कुर्मी ले मतदाता लाई जानकारी गराए।