बांके-कार्तिक १९ गते
बांके क्षेत्र न.३[ख] का जनता समाजबादी पार्टी नेपालका उम्मेदवार बिजय पाठक को आफ्नो क्षेत्रमा अलग्गै माहोल बनाएका छन् । जसपा का उम्मेदवार बिजय पाठक सवैसँग एकआपसमा खुसी साटासाट ,सहज ब्यबहार ,इमान्दार ,कर्मठ र सामाज प्रेमी सद्भावका कारण अहिले बांके क्षेत्र न. ३ जानकी वडा नम्वर ४ का खजुरा.गीजरामा पाठकको घर दैलो कार्यक्रममा पाठकको अलग्गै माहोल बनेको छ तसर्थ उनको समर्थनमा स्थानिय कार्यकर्ता र समाजसेवी सहित ब्यापारी हरु पनि उनको लागि भोट माग्दै हिडेका छन।
२०७४ सालको पर्देशसभाको पहिलो चुनावमा समेत चुनाब लडेका पाठकले करिब चार हजार मत ल्याएका थिए । चुनाव हारे पनि उनी सक्रिय भएर समाजसेवा मै होमिरहेका कारण आज उनि बांके क्षेत्र न ३ ख का जनता पाठक लाई नै जिताउने भनि स्थानियहरु लागिपरेका छन्।
पाठक ले भने चुनाब जित हार को खेल हो तर मलाइ यो हारजितले कुनै पनि असर पार्दैन तसर्थ यदि मा जितेर पर्देश सांसद भएर आए भने सबै भन्दा पहिलो आफ्नो क्षेत्रको समस्याहरु सम्बोधन र सामाधान गर्ने पक्षतिर अघि बढ्छु आफ्ना जनताहरुको लागि जसरि पहिले समाजसेवा गरिरहेको थिए त्यसरी नै निरन्तर गरिरहनेछु,साथै आगामी मंसीर–४ को पर्देश सभाका चुनावमा आफूलाई विजय गराएको खण्डमा माननीय भएमा यसै ठाउँमा शुरुमा आएर अविर जात्रा गर्ने र सधैभरी जनताकै सेवामा दत्तचित्त भई काम गर्ने प्रतिवद्दता समेत व्यक्त गरे ।
सत्ता र विपक्षीहरूले बनाएको गठबन्धन उम्मेदवारहरूसँग एक्ले भिडिरहेका पाठक ले सधैं जनताको माझमा रहिरहने आफूलाई कुनै पनि दलहरूको गठबन्धन आवश्यक नभएको बताए। अहिले पनि कुनै दलहरूको समर्थनमा होइन, तपाईंहरू तमाम मतदाताको साथ र भरोसाले उम्मेदवार भएको छु’ उनले भने यो चुनावमा म एक्लै छैन। तपाईंहरूजस्तै मेरो साथमा हज्जारौं मतदाता छन्। तपाईंहरूको यतिधेरै प्रेम छ कि यो नै मेरो लागि सबैभन्दा ठूलो विजय हो।
यो जानकी का बिकासको आवश्यकताको अभियानमा होम्मिएका जोशिला अनि व्यापक संभावना वोकेका युवा नेता बिजय पाठक छाता निर्वाचन चिन्ह वोकेर बांके निर्वाचन क्षेत्र नंबर ३ (ख) प्रदेशसभा उम्मेदवारका बनेका छन्। कोरोनाको महामारीसम्म पनि उतिकै सक्रिय भएर सामाजिक सेवामा अहोरात्र खट्दैआएका पाठक लाई सामाजिक चिन्तक तथा नेपाली राजनीतिलाई स्वस्थ र सफा वनाउने सोचमा होम्मिएका युवा नेता पाठक का रुपमा चिनिन्छ। विकास गर्न र कहाँबाट बजेट ल्याउनु पर्छ भन्ने कुरा हामीलाई राम्रो गरी थाहा छ त्यस कारण तपाईहरु निसन्देह हुनुहोस विकासको जिम्मा हाम्रो भो मतदातासंग विश्वास दिलाउँदै बिजय पाठकले भने ।