बांके-कार्तिक १८ गते
जनमत पार्टीबाट बांके क्षेत्र नम्बर ३ [ख ] मा पर्देस सभा सदस्य उम्मेदवार बनेका सहबुद्दिन अनसारी ले भ्रष्टाचारीलाई फाइल पल्टाएरै कारबाही गर्न आफूले चुनाब जित्नुपर्ने बताए । शुक्रबार जानकीको वडा १ पचपोखरा जोगा गाव मा मतदातासँग भेटघाट कार्यक्रममा यस्तो बताएका हुन् । उनले भ्रष्टाचारीहरुलाई उनीहरुको कालो कर्तुत पर्दाफास गरी वषौंदेखि अनधिकृत रुपमा कुम्लयाएको सम्पत्ति राज्यको ढुकुटीमा ल्याउनुपर्नेमा जोड दिये ।
यस्ता भ्रष्टचारीहरुलाई ठाउँको ठाउँ कारबाही गर्न आगामी निर्वाचनमा आफूलाई मत दिन अनसारीले आग्रह गरे । कार्यक्रममा उनले अहिले देशमा बेरोजगारको ठूलो समस्या भएकाले त्यसको अन्त्यको लागि राज्यले नीति बनाउन आवश्यक रहेको बताए । उनले पर्देस संसद् बनेपछी राज्यको नीति, नियम बनाउने थलो भएकोले युवाहरुको पक्षमा आवाज उठाउन आफू पर्देश संसदमा पुग्नुपर्ने दाबी गरे । उनले आफूले चुनाव जितेमा दशैं, तिहारजस्ता ईद बक्राईद राष्ट्रिय चाडपर्वका दिनपनि आँशु पुच्छदै घर, परिवार छोडेर विदेश जानुपर्ने दिनको अन्त्य हुने बताएका छ्न ।
विकासमार्फत समाज परिवर्तनको लागि राजनीतिमा आउनुभएको सह्बुद्दिन अनसारीलाई नयाँ दृष्टिकोण भएको नेतृत्वको रूपमा हेरिएको मतदाताको भनाइ छ। उनले किसान, पिडित, लगायतको आवाज बनेर यति बेला अंसारी सहित उनको टिम गाँउ- गाँउ एक गरेका छन । क्षेत्र नं. ३ [ख] जनमत पार्टी को उम्मेदवार सह्बुद्दिन अंसारीले जनाउनु भएको छ।