बांके-कार्तिक १७ गते
जनता समाजवादी पार्टी नेपालले बाँकेको क्षेत्र नं २ मा दोस्रो चरणको चुनावी प्रचार प्रसारको तयारी थालेको छ। पहिलो चरणको घरदैलो अभियान सकिएपछि अब जसपाले क्षेत्रभरिमा उस्तै आक्रामक चुनावी अभियान थाल्ने जनाएको छ । निर्वाचन आयोगले बिहीबारदेखि दलहरूलाई दोस्रो चरणका कार्यक्रमहरू गर्न अनुमति दिएको थियो। यो चरणमा जसपाले क्षेत्र नं २ मा निर्वाचन आयोगले भनेअनुसार चुनावी आमसभा र मतदाता भेटघाट कार्यक्रमहरूलाई निरन्तरता राख्नेछन ।
जसपा बाँके क्षेत्र नं २ का चुनाव प्रचार प्रसार समितिका अनुसार बिहीबार पनि उम्मेदवारहरूले घरदैलो अभियान तथा मतदाता भेटघाट गरेका छन् । अब जसपाले स्वंयसेवकहरूलाई खटाएर मतदाताहरूलाई मतपत्रमा सही तरिकाले छाप लगाउन सिकाउने लगायतका कामहरू गर्नेछन्। त्यस्तै केही दिनमै उम्मेदवारहरूले आफ्नो चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गर्ने पनि जसपाले जनाएको छ ।
बिहीबार भएका घरदैलो तथा भेटघाटहरूमा जसपाका बाँके क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार पुर्ब मंत्रि मोहम्मद इश्तियाक राईले मतदाताहरूको विश्वास नतोड्ने बाचा गरेका थिए । मैले विगतमा बिकास का काम गरेकै आधारमा तपाईंहरू फेरि हामीलाई भोट दिन आतुर हुनुहुन्छ। हामीबाट हुने विकासको अपेक्षा र विश्वासलाई तोड्ने छैनौं बाँकी रहेका विकासका योजनाहरूलाई पूर्णता दिनछु र फेरि नयाँ योजनाहरूको सिर्जना पनि गर्नुपर्नेछ।
उनले भने कसैले फैलाएको भ्रम र अफवाहमा नलागेर सही र जनताको सधै सेवक हुने उम्मेदवारलाई मत दिन पनि अपिल गरे। उनले फेरि पनि देशको शासन व्यवस्था खल्बल्याउन खोज्ने र फेरि पनि उही पुरना मुद्दाहरू बोकेर चुनावी मैदानमा आएकाहरूलाई परिवर्तनकारी जनताले आफूहरूलाई कुरिरहेको पनि बताए । बाँके क्षेत्र नं २ मा मतदाताले अग्रगमनलाई नै रोज्नेछन्। फेरि पुरानो युग ब्युँताउन खोज्नेहरूलाई जनताले पाखा लगाउने दिन नजिकिदैंछ।