बांके-कार्तिक १७ गते
बांके क्षेत्र नम्वर ३(ख) का प्रदेश सभा सदस्य उम्मेद्वार पाठकलाई जानकी वडा नम्वर २ का मतदाताले शुभकामना दिएका छन् । जानकीको बेलभार,बनकटवा को विभिन्न टोलमा बिहिबार घरदैलोमा पुगेका पाठकलाई मतदाताले आशिर्वाद दिँदै जित निश्चित भएको भन्दै अग्रिम शुभकामना दिएका हुन् ।
अन्य पार्टीमा आवद्ध रहे पनि यस पटक भने जसपा उम्मेद्वार पाठक लाई जिताउनु पर्ने भन्दै मतदाताहरु एक जुट भएर घरदैलोमा हिँडेका छन । यस अघि जितेर गएका प्रतिनिधिले सपना मात्रै देखाएको भन्दै मतदाताहरुले अब कुनै पनि दल नहेरी जसपाका उम्मेद्वार पाठकको पक्षमा मतदान गर्ने बताए ।
घरदैलोमा पुगेका पाठकलाई नेपाली कांग्रेस, एमाले, लगायत विभिन्न पार्टीमा आबद्ध रहेका नेता कार्यकर्ताले स्वागत गर्दै यस पटक पार्टीभन्दा माथी उठेर जसपा उम्मेद्वार पाठकलाई मतदान गर्ने बताए । घरदैलो अभियानमा अग्रज, बुद्धिजिवी, युवा लगायतको सहभागिता रहेको थियो।
किसानको समस्या शिक्षा ,कृषि, रोजगार मध्यनजर गर्दै निर्वाचानमा आएको पाठकले बताउनु भयाे । जानकी २ का बासिहरुको समस्या समाधान गर्न सक्ने र बहाना बनाएर पछि नसर्ने भएको हुदा निर्धक्क भएर आफुलाई मतदान गर्न आम नागरिक संग आग्रह गर्दै घरलैलोमा ब्यस्त रहनु भएको बिजय कुमार पाठकले बताउनुभयो।
उम्मेदवार बिजय पाठकले आफू निर्वाचित बनेपछि क्षेत्रको विकासमा नमुना काम गरेर देखाउने दाबी गरे । उनले अघिल्लो कार्यकालको लागि यस क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्य र पर्देस सभा सदस्यले क्षेत्रको विकासमा कुनै पनि काम नगरेको आरोप लगाए । जानकी क्षेत्रलाई १५ वर्षसम्म विकासमा पछि पारियो पाठकले भने अब हामी निर्वाचित बनेपछि उनीहरु नै लज्जित हुने गरी काम गर्नेछौं ।