बांके-कार्तिक १३ गते
जनमत पार्टी बाट बांके क्षेत्र नम्बर ३(ख)का प्रदेश सभा सदस्यका उम्मेदवार सहबुद्दिन अंसारीले आफूलाई जनताले दिएको जिम्मेवारीलाई दिनरात भये पनी पूरा गर्ने बताएका छन । ज्येष्ठ नागरिकदेखि, विभिन्न जाति, पिछडा वर्ग, अपङ्गता भएको व्यक्ति, महिला, सिमान्तकृत समुदाय, स्वास्थ्य, शिक्षा, विकास निर्माण तथा पर्यटनलगायत क्षेत्रमा काम गर्ने भन्दै उनले आफू काममा विश्वास गर्ने व्यक्ति भएको हुँदा विश्वास गर्ने बताए । आफूले जनताले देखिने गरि चुस्त दुरुस्त ढंगबाट काम गर्न पहल गर्ने उनको भनाइ छ ।
यहाँ काम कम गर्ने र प्रचार धेरै गर्नेको आवज ठुलो हुदो रहेछ, प्रचारप्रसार गरेर साने कामलाई पनि ठुलो काम गरेको भन्नेको भिड छ । मलाई अचम्म लाग्छ, मेरो ,प्रचारप्रसारमा ध्यान,’ रहेको प्रदेशसभा सदस्यका उम्मेदवार अंसारी भन्छन्, ‘ मैले अहिले बढाइचढाइ गरिराख्नु पर्दैन । त्यो सबैले देख्नुभएको छ ।’कि मा कहाँ को बसिंदा हुन तपई कै घर आंगन को हू
प्रदेशसभा सदस्यका उम्मेदवार अंसारीले आफू आश्वसन र झुटको राजनीति गर्न कहिल्यै नजान्ने र बोलेका कुराहरू पूरा गर्ने बताए । उनले आफ्नो निर्वाचन क्षेत्रको विकासको लागि शिक्षा, स्वास्थ्य, खानेपानी, सुकुम्बासी समस्यालगायतका क्षेत्रमा मुख्य रुपमा यो पटक काम गर्ने बताए ।