बांके-कार्तिक १२ गते
जनता समाजबादी पार्टी नेपाल बाँकेले मंसिर ४ गते हुने निर्वाचनमा एक ढिक्का भएर परिचालन हुन पार्टी पंक्तिलाई आह्वान गरेको छ । आज जानकीको वडा न.१ देखी ६ सम्मा पर्चार परसार समितिको बैठकले विगत भुलेर जसपा का उम्मेदवारहरुलाई विजयी बनाउन एक मनका साथ चुनावमा होमिन आह्वान गरेको हो ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरेर अनुगमन समिति र प्रचारप्रसार समिति समेत गठन गरेको छ । प्रचारप्रसार समितिमा क्षेत्रीय कार्यसमिति पदाधिकारी, प्रदेश क्षेत्र कार्यसमिति पदाधिकारी, भ्रातृ र शुभेच्छुक संगठनका प्रमुख, पूर्व पार्टी पदाधिकारी, पूर्व जिल्ला सदस्य, प्रतिनिधि लगायत रहेको प्रबक्ता रजिब बर्मा ले बताए ।
यस्तै बैठकले प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति र प्रदेश क्षेत्रीय कार्यसमितिलाई पार्टी का उम्मेदवारहरुलाई जिताउनका लागि सम्पूर्ण पार्टी पंक्तिलाई परिचालन गर्न निर्देशन दिएको छ । बैठकमा पार्टीबाट प्रतिनिधिसभा तथा प्रदेशसभाका उम्मेदवार, समानुपातिक उम्मेदवार, क्षेत्रीय सभापति, प्रदेश कार्यसमिति सभापति, गाउँपालिका सभापति लगायत उपस्थित थिए ।
बैठकलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य राजेश बर्माले विगतका मनमुटाब र कमीकमजोरी विर्सिएर एकताबद्ध ढंगले निर्वाचनमा होमिन निर्देशन दिए । सभापति धर्म्रराज बर्माले स्थानीय चुनावमा हासिल गरेको उपलब्धिलाई सम्झँदै मंसिर ४ गते पनि विजयको झण्डा फहराउने गरी उच्च मनोबलका साथ प्रतिबद्ध भएर लाग्न नेता कार्यकर्तालाई आह्वान गरे । छेत्र न.३ [ख] का पर्देश सभाको उम्मेदवार बिजय कुमार पाठकले एकताबद्ध बाँके छेत्र न् ३ मा जसपाका संगठन राम्रो भएकाले आफूहरु उच्च मनोबलका साथ चुनावी मैदानमा होमिएको बताएका छन् ।