बांके- कार्तिक १० गते
आगामी मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुँदैछ । उम्मेदवार गाउँ छिरिसकेका छन् । घरदैलो कार्यक्रममा उम्मेदवार र तिनका नेताले मतदाता रिझाउन अनेकन प्रयास गरिरहेका भेटिन्छन् । उम्मेदवारले मतदातालाई विश्वासमा लिने प्रयास गरिरहेका छन् । उम्मेदवारको घरदैलोका क्रममा मतदाता घरमा भन्दा ज्यादा खेतबारीमा भेटिन्छन् । धान थन्क्याउने चटारोले किसानलाई भ्याइनभ्याइ भएको छ ।
त्यसैले उम्मेदवारचाहिँ खेतमै पुगेर मत मागिरहेका हुन्छन् । ‘नेता आउँछन् भनेर घरमा उनीहरूलाई कुरेर बस्न सकिन्न’, लिमराखबर रिपोटर संग कुरा गर्दै बैजनाथ गाउपलिका मकैबारी बांकेकी सुनिता मगरले भनिन्, ‘हाम्रो काममा नेताले सघाउने होइनन् क्यारे, हामीलाई खेतीकिसानीमा भ्याइनभ्याइ छ ।
धान, को फसल स्याहार्ने बेला छ । ‘अहिले गाउँमा पुग्दा धेरै मतदाता खेतबारीमा व्यस्त भएको पायौँ’, जसपा युवानेता ग्यासुद्दिन खानले भने, ‘अहिले केही गाउँमा घरदैलो सकिएको छ, कात्तिक १७ गतेपछि फेरि गाउँमा आमसभा, भेटघाट र प्रचार–प्रसारको कार्यक्रमलाई तीव्र पार्छो ।
महिना दिनअघि दसैँ मनाउन विदेशबाट नेपाल फर्किएका बांके बैजनाथकी शिलापरियार भने चुनावलाई लिएर उत्साहित देखिन्छन् । उनी देशको बिग्रिँदो अवस्था र राजनीतिक दलको मनोमानी देखेर आक्रोशित छन् । ‘पाँच वर्षअघिको चुनावमा भोट खसालेको केही महिनामै परिवार पाल्न विदेशिएको थिएँ, अहिले पनि चुनावकै समयमा घर फर्किएको छु’, उनले भने, गाउँमा विकास चाहिएको छ, आश गरौँ अब विकास होला, विकासप्रेमी नेता छान्नुपर्ने छ ।