बांके- कार्तिक १० गते
निवर्तमान भौतिक पुर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले भाइटीकाको शुभकामना दिएका छन् । राईले अन्धकार विनास गर्ने उज्यालोको चाड तिहारले नेपालको अभिशापका रुपमा रहेका सबै खालको अँध्यारोमाथि विजय पाउने प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना गरेका छन् ।
नेपालीहरुको महान् चाड तिहारको पाँचौ दिन भाइटिकाको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहेका समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ, दीर्घायु, सुख, शान्ति र उत्तरोत्तर प्रगतिको लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै उनले सबै नेपालीमा आशा, विश्वास, सत्कार्य र सकारात्मक भावनाको विकास गरी उज्यालोतिर अभिमुख गराउने विचार उत्पन्न गर्न सकोस् भन्ने कामना गरेका छन्।
आज भाइटिकाको दिन पनि आफ्नो कर्तव्य र दायित्व पूरा गर्दै सुरक्षा निकाय का कर्मचारी डिउटिमा खट्नु हुने सम्पुर्ण प्रहरी पर्शासन,ट्राफिक प्रहरी,स्वास्थ्यकर्मी,सेक्रुटी गार्ड लगाएत जनताको सेवा गर्न आ-आफ्नो क्षेत्रमा डिउटी गर्नु हुनेहरु प्रती हृदय देखि धन्यवाद ब्यक्त गर्दै तिहार एवम छठ पर्वको शुभकामना ब्यक्त गरेका छन्।