बांके-कात्तिक ८ गते
मङ्गलबार कात्तिक कृष्ण औँसी । आज खण्डग्रास (थोरै सूर्य ढाक्ने) अर्थात सूर्यग्रहण लाग्दैछ ।पञ्चाङ्ग निर्णायक समितिका अनुसार सूर्यग्रहण अपराह्न ४ः ५२ बजेबाट लाग्दै छ । ग्रहण लागेको ३२ मिनेटपछि बेलुकी ५ः २४ बजे सूर्यास्त हुने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिएका छन्।नेपालबाट करिब ३२ मिनेटमात्र ग्रहण देखिने उनले बताए । नेपालबाट नदेखिने भए पनि ग्रहणले बेलुकी साढे ७ बजे छाड्नेछ ।
शास्त्रीय मान्यताअनुसार कात्तिक ८ गते बिहान ४ः ५२ बजेदेखि बाल, वृद्ध र बिरामीबाहेक अरुलाई भोजन निषेध गरिएको छ ।ग्रहण बार्नेले कात्तिक ९ गते बिहान सूर्योदय नभएसम्म अन्न खान निषेध गरिएको छ सूर्यग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न शुभ मानिन्छ ।
ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतम बताउँछन् ।ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा नसके नजिकको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदयलगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ ।
यसै विश्वासअनुसार कात्तिक ८ गते बिहान ४ः ५२ बजेदेखि भोजन गर्नुहुँदैन । ग्रहणका समयमा नित्यकर्म गर्छन् ।घरमा तिथि, श्राद्ध परेमा ग्रहणमा गर्न हुने समितिले जनाएको छ । ग्रहण निषेध गरिएका बाहेक कर्म गर्न हुने जनाइएको छ ।