बांके-कार्तिक ७ गते
बाँके क्षेत्र नम्बर ३ [ख] मा जनता समाजबादी पार्टी नेपालको तर्फबाट पर्देससभा सदस्य पदका उम्मेदवार बिजय कुमार पाठकले खजुरा र जानकीलाई समृद्ध बनाउन मेरो उम्मेद्वारी रहेको बताउनुभएको छ । अईतवार जनताको घरदैलो कार्यक्रममा पर्देससभाका उम्मेद्वार पाठकले सुखी र समृद्ध बनाउने अभिप्रायका साथ बाँके क्षेत्र नम्बर ३ [ख] लाई विकासोन्मुख बनाउन मेरो उम्मेद्वारी रहेको बताउनुभएको हो । आफु जन्मे हुर्केको ठाउँमा विकास गर्न कुनै कसर बाँकी नराख्ने उहाँले धारणा राख्नुभएको छ ।
पाठकले जानकीवासीको लागि उदाहरणीय कार्य गरेर देखाउने आफुसंग जोश जागर र बजेट ल्याउन सक्ने क्षमता रहेको हुनाले बाँके क्षेत्र नम्बर ३ [ख] मा निर्वाचित भएपछि जनताको सेवादायिक कार्य गर्ने पाठकले बताउनुभयो । भौतिक निर्माणका निम्ति खाका तयार,पारी जानकी गाउँपालिकामा कालो पत्रे, बाटा घाटा ग्राबिल पुल, किसानको लागि कृषि, शिक्षा, सडक, स्वास्थ्यमा कायापलट गर्ने गरि विकासको काम गरेर देखाउने उहाँले स्थानियसंग प्रतिवद्धता जनाउनुभएको छ।
युवाहरु भभिष्यको कर्णधार भएको कारण जिम्मेवारीका साथ जसपा का उम्मेदवारलाई जिताउन उनले आव्हान गरे । पाठकले भने यसपालीको निर्वाचन पहिलाको भन्दा फरक हुने बताएका छन् । उनले जनता धेरै सचेत भैसकेकाले यो क्षेत्र मा प्रतिस्पर्धा गरिरहेका उम्मेदवारहरु लाई जनताले राम्रोसंग बुझेको र चिनेको बताए ।