नेपालगंज-कार्तिक ६ गते
फुलको प्रशस्तै प्रयोग हुने चाड तिहारलाई फुलैफुलको पर्व पनि भनिन्छ । तिहारमा मात्रै होइन धर्म कर्म, पूजापाठ, प्रेमलाप, कुनै विशिष्ट पाहुनाको स्वागत घर वरिपरीको वातावरणको सजावटका लागि समेत फूलको प्रयोग हुँदै आएको छ । तर तिहारमा प्रयोग गरिने फुल धेरैजसो भारतबाट नै आयात हुने गरेको छ । भारतबाट आयात घटाउन सहयोग पुग्ने र राम्रो आम्दानीको स्रोत बन्ने भएकोले बांके नेपालगंज उप-महानगरपालिका १७ का मोहित बागवानले फुल खेती गरेका छन् ।
तिहारको भाइटीकाको दिन दिदीबहिनीले दाजुभाइलाई मखमली र सयपत्रीको माला लगाएर सु–स्वास्थ्य, आरोग्य दीर्घायुको कामना गर्ने चलन छ । तिहारमा घर सजाउनका लागि पनि फुल नै आवश्यक हुन्छ । थोरै समय र लगानीमा राम्रो आम्दानी हुने भएपछि बांके नेपालगंज उप-महानगरपालिका १७ का मोहित बागवानले सयपत्री फुल खेती गरेका छन् । तिहार र छठ पर्वमा सयपत्री फुलको व्यापार राम्रो हुने र लाखौं रुपैंयाको फुल भारतबाट आयात हुने गरेपनि अब नेपालगंज मै सयपत्री फुलको उत्पादन हुन थालेपछि पर्वका बेला सयपत्री फुलको अभाव नहोस् भनेर खेती थालेको मोहितका भाई अलिहुसैंले लिमरा खबर लाई बताउँछन् ।
तिहारको आकर्षण देउसी भैलो खेल्नेहरुले पनि भट्याउने क्रममा घरको झ्याल ढोकामा टागिएको फुलको प्रशंसा गर्छन् । तिहारमा घरका झ्याल ढोका, भाडावर्तन र कलश सजाउन र पुजा आरधनामा समेत फूलको प्रयोग गरिन्छ । भाइटीकामा पनि मखमली फुलको माला नै प्रयोग हुन्छ । यसरी फूलको पर्व मनाउदै गर्दा बांके नेपालगज १७ फुलमा आत्मनिर्भर बन्नुपर्छ भनेर खेति गरेका हुन् ।
तिहारलाई दिदीबहिनी र दाजुभाइबीच एक आपसमा माया, प्रेम, खुशी साटासाट गर्ने तथा फूलैफूलको पर्वका रुपमा लिइन्छ । तिहारमा सयपत्री र मखमली फूलको मालाको निकै महत्व हुन्छ । फूल खेतीमा प्राविधिक ज्ञानको आवश्यक पर्नुका साथै फूलमा रोग नियन्त्रण र सिँचाइको समेत आवश्यक पर्दछ । तर यस तर्फ कसैले ध्यान नदिएको पाइन्छ । स्थानिये सरकारको यस तर्फ पनि ध्यान दिने पो हो कि ?