नेपालगंज-कात्तिक ४ गते
बांके क्षेत्र नम्बर ३[ख] प्रदेशसभाका उम्मेदवार बिजय कुमार पाठकले बांके क्षेत्र नम्बर ३ [ख] मा जनता समाजवादी पार्टी नेपालका नेता कार्यकर्ता एकढिका रहेको बताउनुभएको छ । आज जानकी गाउँपालिकाको भिभिन्न वडामा घरदैलोको क्रममा सञ्चारकर्मीहरु संग कुरा गर्दै उहाले बांकेको क्षेत्र नम्बर ३[ख] मा जसपा एकढिक्काका साथ अगाडी बढी रहेको भन्नुभयो ।
जसपा नेपाल बांके क्षेत्र नम्बर ३[ ख ] का प्रदेश सभा सदस्य उम्मेदवार बिजय कुमार पाठक र उहाका समर्थकहरु लगायत जसपाका आम कार्यकर्ता संगै चुनावी घरदैलोमा पुगिरहेको प्रदेश सभा सदस्यका उम्मेदवार बिजय कुमार पाठकले बताउनुभयो। पाठकले क्षेत्र नम्बर ३ मा जसपा प्रति कुनै आशंका नगर्न आग्रह गर्नुभयो ।
बांके क्षेत्र नम्बर ३ ( ख ) बाट प्रदेश सभा सदस्यको उम्मेदवार बिजय कुमार पाठकले आज जानकी गाउँपालिकाको को बडा ३, र ५ मा घरदैलो कार्यक्रम गर्नुभएको छ । देशमा स्थायित्व , शान्ति , अमनचयन कायम गर्ने र आफ्ना गाउँ ठाउँको विकास गर्नको लागी यसपाली जसपा लाई जिताउनै पर्ने आवश्यकता रहेको पाठकले बताएका थिए ।