नेपालगंज-कार्तिक-२ गते
बाँकेको जानकी गाउँपालिकाले ३ न.वडा मा किसानहरुलाई बर्शीन घाँसको वीउ वितरण गरेको छ । जानकीको पशुसेवा शाखा को ७५% अनुदान मा किसानहरुलाई विउ वितरण गरिएको हो ।
व्यवसायिक रुपमा पशुपालन गर्ने किसानलाई घाँसको माध्यम बाट पशुपालन गर्न सहजहोस भन्ने उदेश्यले वीउ वितरण गरिएको जानकी गाउँपालिका वडा अध्यक्ष राजकुमार कुर्मी [बाबू ]ले जानकारी दिए । तिन सय जना किसानहरुलाई घाँसको विउ जानकीको पशुसेवा शाखा को ७५% अनुदानमा खरिद गरी किसानलाई वितरण गरिएको वडा अध्यक्ष राजकुमार कुर्मी [बाबू] ले जनाए ।
वीउ वितरण कार्यक्रममा जानकी गाउँपालिकाका जसपा अध्यक्ष धर्मराजबर्माले किसानको चाहना अनुरुप विउ वितरण गरिएको जनाए । विउ लिन आएका किसानहरुले विउ पाये पछि खुसीहुंदई वडा अध्यक्ष राजकुमार लाई धन्यबाद पनि दिये।
कार्यक्रममा किसानलाई व्यवसायिक बनाउने योजनामा वडा अध्यक्ष राजकुमार कुर्मी [बाबू]ले बनाएका कारण यस तर्फ सबैको चासो हुनुपर्नेमा जोड दिए । कार्यक्रममा जानकी वडा नम्बर ३ का कर्मचारी वडा सद्स्य हुसैनि अहिर लगाएतको उपस्थिती रहेको थियो । वडा अध्यक्ष राजकुमार कुर्मी [बाबू] का सल्लाहकार किशोर कुमार थापा ले जानकारी दियेको।