बांके-कार्तिक १ गते
जनता समाजबादी पार्टी नेपाल बांकेका वरिष्ठ नेता बिजय कुमार पाठकले जनताका हरेक समस्यासँग आफू अवगत रहेकाले त्यसको समाधानका लागि कटिबद्ध भएर लाग्ने बताएका छन् । जानकी गाउँपालिकाका . वडा नम्बर १ मा बदईया र साईगाउँमा आज आयोजित मतदाता भेटघाट कार्यक्रममा उहाँले जनताका समस्या समाधान गर्न नै आफू राजनीतिमा लागेको बताए ।
बांके क्षेत्र नम्बर ३[ख] का पर्देशसभा सदस्य उम्मेदवार रहेका जसपाका वरिष्ठ नेता बिजय कुमार पाठकले भने, ‘यहाँका हरेक समस्या मलाई थाहा छ, सडक स्तरोन्नति र रोजगारीका लागि लागिपरेको छु । जनताको विश्वासलाई टुट्न दिन्न ।
उनले जैसपुर देखी शिपरी पुग्ने सडक स्तरोन्नति र रासायनिक मल किशान को लागी उप्लब्ध गराउने विषयमा पहल भइरहेको जानकारी दिए । बांके क्षेत्र नम्बर ३ जानकी गाउँपालिका जसपा का अध्यक्ष धर्मराज बर्मा लगायत को उपस्थिती रहेको थियो।